डम्बर चौलागाईं, दोलखा । २०७२ साल बैशाखमा गएको विनाशकारी भुकम्पले पूर्ण रुपमा क्षती पुगेको बैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित कालिढुङ्गा माध्यमिक विद्यालयको पुर्ननिर्माण कार्य सुरु भएको छ । भुकम्प गएको ६ वर्ष पछि विद्यालयको पुनर्निर्माण सुरु भएको हो । विद्यालय पुनर्निर्माणका लागि भारत सरकारले ९ करोड ६८ लाख ४ हजार रुपैयाँ अनुदान दिएको छ । २०७८ जेठमा निर्माणकार्य सम्पन्न गर्नेगरी श्यामसुन्दर (प्रेरा जेरभि) संग २०६६ माघ १२ गते नौ करोड ६८ लाख चार हजार रुपैयाँमा ठेक्का संझौता भएको थियो । संझौता अनुरुप निर्माण सम्पन्न गर्नुपर्ने समयावधि नजिकिँदै जाँदा ठेकेदार कंपनीले निर्माणलाई तीव्रता दिएको हो ।
त्यस्तै, सोही वडाको कालीदेवी आधारभूत विद्यालयको पुनर्निर्माणले पनि तीव्रत पाएको छ । व्यवस्थापन समितिले उपभोक्तामार्फत भवन निर्माण सुरु गरेको हो । २०७८ वैशाख भित्र विद्यालय पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य छ । अहिले पहिलो तलाको काम सकेर दोस्रो तलाको ढलान गर्ने तयारी भइरहेको र बैशाखभित्रै ८ कोठे दुई तलाको विद्यालय भवन पुनर्निर्माण सम्पन्न हुने बताइएको छ ।
Leave a Reply