यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

 ग्लोबल टिभि      शनिबार, अशोज २९, २०७९      0

असोज २९– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रुपैयाँ ४७ पैसा र बिक्री दर १३२ रुपैयाँ ०७ पैसा रहेको छ। डलरको यो रेट अहिलेसम्मकै उच्च हो । युरो एकको खरिद दर १२८ रुपैयाँ १४ पैसा र बिक्री दर १२८ रुपैयाँ ७३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ ३४ पैसा र बिक्री दर १४९ रुपैयाँ ०१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *