ग्लोबल टिभि
0
सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बaमबहादुर मिश्र र निलम ढुङ्गानालाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैंकको डेपुटी गभर्नरमा मिश्र र ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यही फागुन १८ गतेदेखि तत्कालीन डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको पदावधि सकिएपछि सो पद रिक्त भएको थियो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सिफारिसमा मिश्र र ढुङ्गानालाई नियुक्त गरिएको हो ।
Post Views: 1,294
Leave a Reply