पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ५६ पैसा नाफा, मूल्य नघट्ने

 ग्लोबल टिभि      सोमवार, अशोज ३१, २०७९      0

असोज ३१– नेपाल आयल निगम पुनः पेट्रोलियम पदार्थको मूल्य समायोजन रोकेको छ । भारतबाट नियमित रुपमा घटेर नयाँ मूल्य आइरहँदा पनि निगमले भने पुरानो नोक्सानीलाई देखाएर मूल्य समायोजन गरेको छैन ।

यसले उपभोक्ता भने महँगीको मारमा परेका छन् । आइतबार निगमलाई भारतबाट इन्धनको केही पदार्थमा मूल्य बढेर आए पनि निगम अझै १५ दिनमा ३९ करोड रुपैयाँ नाफा छ ।

तर, सञ्चित नोक्सानीका कारण तत्काल मूल्य समायोजन नहुने निगमले विज्ञप्तिमार्फत प्रष्ट्याएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा, डिजेल १५ रुपैयाँ ६० पैसा र हवाई इन्धन १० रुपैयाँ २५ पैसा बढेर आएको छ ।

जसअनुसार निमगलाई डिजेलमा प्रतिलिटर ६ रुपैयाँ ३४ पैसा र ग्यासमा प्रतिसिलिण्डर ३२५ रुपैयाँ नोक्सानी छ । तर, निगमलाई पेट्रोलमा १४ रुपैयाँ ५६ पैसा, मटितेलमा ३८ रुपैयाा ५८ पैसा र हवाइ इन्धन आन्तरिकतर्फ ४० रुपैयाँ ७८ पैसा र अन्तराष्ट्रियतर्फ ९० रुपैयाँ ९८ पैसा प्रतिलिटरमा नाफा छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *