बंगलादेशबाट कृषिमल आउन सुरु

 ग्लोवल टि.भी.      बुधबार, फाल्गुन २६, २०७७      0

बंगलादेशबाट भारतको कोलकत्ता बन्दरगाह आएको २२ हजार मध्ये २५ सय ४० मेट्रिक टन कृषिमल मंगलबार वीरगंञ्ज आइपुगेको हो । बाँकी १९ हजार ४६० मेट्रिक टन मल आउन अझै महिनादिन लाग्ने कृषि विकास मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले जानकारी दिए । बंगलादेशबाट सरकार–सरकारबीच (जिटुजी) मार्फत ५० हजार मेट्रिक टन कृषिमल ल्याउने भनिएपनि ढिलो गरी २५ सय ४० मेट्रिक टन मल नेपाल भित्रिएको हो । पहिलो चरणमा २२ हजार मेट्रिक टन र बाँकी २८ हजार मेट्रिक टन दोस्रो चरणमा ल्याउने सरकारी तयारी छ ।

बर्खामा धानवाली लगाउन किसानले मल नपाएर हैरानी बेहोर्नुपरेको थियो । तत्कालिन कृषिमन्त्री घनश्याम भुसालले १५ दिनभित्र मल ल्याउने बताएपनि ७ महिनापछि हिउँद सकिन लाग्दा मात्रै कृषिमल भित्रिन सुरु भएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *