तोलामा ६ सय रुपैयाँले महँगियो सुन

 ग्लोवल टि.भी.      बिहिबार, फाल्गुन २७, २०७७      0

स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुन तथा चाँदीको मुल्य विहीबार बढेको छ । बुधबार प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन विहीबार प्रतितोला ६ सय रुपैयाँले बढेर ८६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

विहीबार चाँदीको भाउ पनि बढेको छ । बुधबार प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी विहीबार १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७२८ डलर तथा चाँदीको मुल्य २६.२६ डलर कायम भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *