आज घट्यो सुनको मूल्य

 ग्लोबल टिभि           0

काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ६०० रुपैयाँले घटेर ८६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन तोलामा ८६ हजार ८०० रुपैयाँ कायम भएको थियो । सोही परिमाणको तेजावी सुनलाई आज ८५ हजार ७५० रुपैयाँ पर्नेछ ।

यता, चाँदीको मूल्य पनि घटेको छ । हिजो एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *