सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढ्यो, चाँदी भने स्थिर

 ग्लोबल टिभि           0

आइतबार सुनको भाउ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । शुक्रबार प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ४ सय रुपैयाँले बढेर ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

आइतबार चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी शुक्रबारकै मुल्य प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७२८ डलर तथा चाँदीको मुल्य २६.०१ डलर कायम भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *