सुस्तायो सेयर बजार, आइतबार ५१ अंकले घट्यो नेप्से

 ग्लोवल टि.भी.      आइतवार, चैत्र १, २०७७      0

सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ । नेप्से ५१.२३ अंकले घटेर २४०७.२५ विन्दुमा कायम भएको हो । आइतबार सेयर बजारमा २११ कंपनीका सेयर कारोबार भए । कुल ९९ लाख ३ हजार ७०४ कित्ता सेयर ६० हजार ९ सय ७३ कारोबारबाट ४ अर्ब ९५ करोड २७ लाख २२ हजार रुपैयाँमा किनबेच भएको हो ।

सेयर बजारमा सूचीकृत समूहगत परिसूचकमध्ये होटेल तथा पर्यटक र जलविद्युत समूहको परिसूचक सकारात्मक रहेका छन् । बाँकी सबै समूहका परिसूचक ओरालो लागेका छन् । सबैभन्दा धेरै जिवन बीमा समूहको परिसूचक ४५३ अंकले घटेको छ ।

चन्द्रागिरी हिल्स्, माथिल्लो तामाकोशी जलविद्युत लिमिटेड तथा पञ्चकन्यामाई जलविद्युत लिमिटेडका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने हिमालय पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स तथा नेपाल टेलिकमका सेयरधनी रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *