सेयर बजारमा दोस्रो दिन पनि गिरावट

 ग्लोबल टिभि      सोमवार, चैत्र २, २०७७      0

सेयर बजार परिसूचक नेप्सेमा सोमबार पनि गिरावट आएको छ । आज नेप्से १८.०७ अंकले घटेर २३८९.१९ विन्दुमा कायम भएको हो । ‘क’ वर्गका कंपनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स्मा पनि गिरावट आएको छ । सेयर बजारमा आज २१२ कंपनीका सेयर कारोबार भएका छन् । कुल ९६ लाख ४ हजार ५ सय २९ कित्ता सेयर ५२ हजार ३ सय ९ कारोबारबाट ४ अर्ब २४ करोड ८४ लाख २४ हजार रुपैयाँमा किनबेच भएको छ ।

सेयर बजारमा सूचीकृत समूहगत परिसूचकमध्ये व्यापार, होटेल तथा पर्यटन, उत्पादनशील, म्युचल फण्ड तथा लगानी समूहका परिसूचक सकारात्मक छन् । वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, वित्त, जिवन तथा निर्जीवन बीमा, माइक्रो फाइनान्स तथा अन्य समूहका परिसूचक ओरालो लागेका छन् ।

चन्द्रागिरी हिल्स्, गलेम्दी हाइड्रो तथा पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने हिमालयन पावर पार्टनर, सूर्योदय लघुवित्त वित्तीय संस्था तथा एभरेष्ट इन्सुरेन्स्का प्रोमोटर सेयरधनी रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *