सेयरबजारमा सुधार, नेप्से २.५६ अंकले बढ्यो

 ग्लोवल टि.भी.      मङ्लबार, चैत्र ३, २०७७      0

सेयर बजारमा मंगलबार सामान्य सुधार आएको छ । सेयर बजार परिसूचक नेप्से २.५६ अंकले बढेर २३९१.७४ विन्दुमा कायम भएको हो । मंगलबार सेयर बजारमा २१६ कंपनीका सेयर कारोबार भएका छन् । कुल ९० लाख १२ हजार ८ सय ५३ कित्ता सेयर ४६ हजार ५ सय ४० कारोबारबाट ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार रुपैयाँमा किनबेच भएको छ ।

सेयर बजारमा सूचीकृत समूहगत परिसूचकमध्ये वाणिज्य बैंक, होटेल तथा पर्यटन, वित्त, उत्पादनशील, लघुवित्त, जिवन बीमा तथा लगानी समूहका परिसूचक सकारात्मक रहेका छन् । व्यापार, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, अन्य तथा म्युचल फण्ड समूहका परिसूचक नकारात्मक रहेका छन् ।

चन्द्रागिरी हिल्स्, जोशी हाइड्रोपावर डेभलपमेन्ट कंपनी तथा गलेम्दी हाइड्रोपावर लिमिटेडका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने राष्ट्रिय बीमा कंपनीका प्रोमोटर सेयर, पञ्चकन्यामाई हाइड्रोपावर तथा एभरेष्ट इन्सुरेन्स कंपनीका प्रोमोटर सेयरधनी रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *