सुनको भाउ बढ्यो, चाँदीको भाउमा भने गिरावट

 ग्लोवल टि.भी.      बुधबार, चैत्र ४, २०७७      0

स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुनको भाउ बुधबार प्रतितोला ३ सय रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार प्रतितोला ३ सय रुपैयाँले बढेर ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

बुधबार चाँदीको भाउ भने घटेको छ । मंगलबार प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १० रुपैयाँले घटेर १२ सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७३३ डलर तथा चाँदीको मुल्य २६.०३ डलर कायम भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *