डम्बर चौलागाईं,दोलखा । दोलखाको तामाकोसी गाउँपालिकास्थित भिरकोट हावा च्यामा सडक निर्माण भएको एक वर्ष नबित्दै भत्किएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान ब्यस्थापन तथा स्थानीय पूर्वाधार मार्फत एडिबिको ८८ प्रतिशत र नेपाल सरकारको १२ प्रतिशत आर्थिक सहयोगमा निर्माण भएको उक्त सडक निर्माण सम्पन्न भएको १ बर्षमा नै भत्किएको हो ।
सडक भत्किएर अस्तब्यस्त बन्दासमेत वर्षदिनसम्म चुपचाप बसेका निर्माण कंपनी यतिबेला भने टालटुल गर्न कस्सिएका छन् । सडक निर्माण गुणस्तरीय नभएको तीव्र आलोचना भएपछि निर्माण कंपनी मर्मतमा कस्सिएको हो ।
यद्यपी, उनीहरुको उदेश्य सडक गुणस्तरीस्य बनाउनुभन्दा पनि अन्तिम किस्ता भुक्तानी लिनका लागि भएको स्थानीयको आरोप छ ।
सडक निर्माणपछि त्रुटि सच्याउने एक वर्षको समयावधि सकिन लाग्दा निर्माण कंपनी सडक टालटुल गर्न खटिएको हो । दुई प्याकजेमा निर्माण गरिएको सडकको पहिलो खण्ड भिरकोट हुँदै जफे,मालु र सहरे जोड्ने करिब १५ किलोमिटर सडक निर्माणको काम तामाङ–कुमार जेभिले ठेक्का पाएको हो ।
दोसो खण्ड सहरे देखि हाँवा सम्मको करिब ११ किलोमीटर सडक निर्माणको जिम्मा भने बिरुवा–मस्दिङ देबी (वर्ल्ड वाइड जेभि)ले पाएको हो ।
Leave a Reply