आज पनि बढ्यो सुनको भाउ

 ग्लोवल टि.भी.      बिहिबार, चैत्र ५, २०७७      0

काठमाडौँ । आज (बिहीवार) नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज ‍पनि छापावाला सुन प्रतितोला ८७ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ८६ हजार ७५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो मूल्य बुधबारको तुलनामा ३०० रूपैयाँले बढेको हो ।

चाँदीको मूल्य आज तोलामा २० रूपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १२९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *