विज्ञापन बढाउन पाँच महिना देखि क्लिन फिड लागु

परिणाम भने हात्ति हायो, हात्ति आयो फुस्सा

 ग्लोबल टिभि      बिहिबार, चैत्र ५, २०७७      0

भरत रावल, काठमाडौं । नेपालमा विज्ञापन बजार बढाउने बहस चलेको १३ बर्ष पछि सरकारले ऐन बनाएर गत कातिक ७ गतेबाट लागु गरेको कानून, व्यवहारमा कार्यन्वयन भएको छैन । संसदवाट २०७६ कार्तिकमा पारित भएको ऐन एक बर्ष पछि अर्थात २०७७ कार्तिक ७ गतेबाट लागु गरियो । विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापन रहित सामाग्री प्रशारण गर्ने र स्वदेशी च्यानलमा डविङ गरिएका विज्ञापन समेत वजाउन नपाउने व्यवस्था ऐनले गरेको छ । तर व्यवहारमा भने स्वदेशी च्यानलमा

डविङ गरिएका विज्ञापन प्रशारण भैरेहको छन् भने केही विदेशी च्यानलमा अझै पनि विज्ञापन प्रशारण भैरहेका छन् ।
क्लिन फिड लागु भएपछि स्वदेशमै विज्ञापन बन्ने र नेपालको विज्ञापन बजार बढेर १२ बर्ष बाट २० अर्ब पुग्ने अनुमान थियो । तर क्लिन फिड लागु भएको ५ महिनासम्म पनि कतिपय विदेशी च्यानहरुमा भारतमा निमार्णमा भएका विज्ञापनहरु धमाधम प्रशारण भईरहेका छन । त्यति मात्र होइन राष्ट्रिय प्रशारण नेपाल टेलिभिजनमै भारतमा बनेका विज्ञापनहरु धमाधम डविङ गरेर प्रशारण भईरहेका छन् । सरकारी स्वामित्वको नेपाल टेलिभिजनमा बेलुका ८ बजेको समाचार हेडलाईमै जोयापप्पैयाको विज्ञापन बजिरहेको छ जुन भारतमा निमार्ण भएको हो ।

यो विज्ञापन नेपाल टेलिभिजनलाई मिडिया हब्बले उपलब्ध गराएको हो । जुन संस्थाका सञ्चालक नेपाल विज्ञान संघका अध्यक्ष सोम प्रसाद धितालको हुन । क्लिन फिड लागु गर्न सरकारलाई दवब दिने संघको नेतृत्व गरिरहेका घिताल भने डविङ गरिएका विज्ञापन प्रशारण गरिनुलाई सकारात्मक रुपमा लिनु पर्ने बताउछन् । तर निवर्तमान अध्यक्ष रविन्द्रकुमार रिजाल भने निश्चित फाईदाको लागि समग्र विज्ञापन बजार लाईनै घाटा हुने काम गर्न गलत भएको बताउछन् ।
धितात विज्ञापन बोर्डको असक्षमताका कारण विज्ञापन बजार बढ्न सकेको जिकिर गर्छन् तर उनकै संस्था मिडिया हवले धमाधम मिडिया हाउसलाई डविङ गरिएका विज्ञापन वितरण गरिरहेको छ ।

आयात मुखि अर्थतन्त्र भएको हाम्रो देशमा वार्षिक १४ खर्ब बराबरको बस्तु आयात हुने गरेको छ । अधिकांशले विज्ञापन विनै विक्रिवितरण गरिरहेका छन् । यस्ता वस्तु विक्रि गर्ने क्म्पनीलाई विज्ञापनको दायरामा ल्याउने गरि काम भईरहेको धितालको दावी छ । तर विज्ञापन बोर्डको निष्कृयताका कारण ढिलाई भएको घितालले बताए ।
२०७६ मै ऐन बने पनि विज्ञापन बोर्डको कार्यसमितिले भने अझै पूर्णता पाउन सकेको छैन् । अध्यक्षको नियुक्ति प्रक्रिया वोर्डले अघि बढाएको छ । ऐन अनुसार केवल टेलिभिजन प्रशारक मध्येबाट २, विज्ञ २ र सञ्चार, उद्योग, गृह मन्त्रालयका एक एक जना सहसचिव (तीन जना), आनका प्रतिनिधि १ र विज्ञापनदाता मध्येबाट एक सदस्य रहने व्यवस्था छ ।

तर अहिलेको वोर्डमा ब्रोर्डकाष्टिङ एसोशियनका अध्यक्ष चन्द्र प्रसाद न्यौपाने, एबिसि टेलिभिजनका सञ्चालक शुभशंकर कडेल र मिडिया एलाईन्सको तर्फबाट महेन्द्र शेरचन मात्र सदस्य छन् । हाल वोर्डमा विज्ञापन बजार बुझ्नेको प्रतिनिधित्व नभएको भन्दै नेपाल विज्ञापन संघले आपत्ति जनाई रहेको छ ।
१३ बर्ष अघि क्लिन फिडको धारणा ल्याउने विज्ञापन संघका पूर्व अध्यक्ष निर्मल पौडेल बोर्डमा विज्ञ नहुदा नेपालको विज्ञापन बजार भगवान भरोसामा चलेको बताउछन् ।

क्लिन फिड लागु गरे विज्ञापन बजार १२ अर्ब बाट २० अर्ब पुग्ने विज्ञान संघका निवर्तमा अध्यक्ष रविन्द्र कुमार रिजालको दावी थियो । तर पूर्व अध्यक्ष पौडेल भने अहिलेसम्म विज्ञापन बजार १२ अर्ब पुग्दै नपुगेको दावी गर्छन् । १३ बर्ष अघिको अध्ययनमा नेपालको कुल विज्ञापन ३ अर्ब ७५ करोड देखि पनि त्यस यता कुनै अनुसन्धान नभएको पूर्व अध्यक्ष पौडेलको भनाई छ । उनको दावी अनुसार अहिलेको विज्ञापन बजार ९ अर्बमा सिमति छ । तर वर्तमान अध्यक्ष शोम प्रसाद धिताल भने हाल ११ अर्ब ७० करोड वरवारको विज्ञापन बजार रहेको दावी गर्छन् । निर्वतमान अध्यक्ष रिजाल क्लिन फिड लागु भएपछि वजार २० अर्ब पुग्ने दावी गर्छन् तर धिताल र पौडेल भने १३ देखि १४ अर्ब भन्दा वढी नहुजे बताउछन् ।

भारतीय विज्ञापनदाताहरुले नेपाली विज्ञापन एजेन्सीलाई नपत्याउदा बजार बढन नसकेको कतिपय विज्ञको वुझाई छ ।
विज्ञापन बजारलाई बढाउन विज्ञापन बोर्ड, विज्ञापन संघ र मिडियाले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नु पर्ने भएपनि व्यक्तिगत स्वर्थका कारण मिसन पुरा हुन सकेको छैन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *