ग्लोबल टिभि
बिहिबार, मंसिर १, २०७९
0
मंसिर १ –निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सबै परिणाम मंसिर २२ गते अगावै बुझाउने दाबी गरेको छ । आज गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर २२ गते भित्र सम्पूर्ण नतिजा राष्ट्रपतिलाई बुझाउने तयारी रहेको बताए ।
आयोगका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिक मतसमेत गणना गरि विजयी हुनेहरुको नामावली २२ गतेअघि नै तयार गरिने छ ।शान्तिपूर्ण र निष्पक्ष रुपमा चुनाव गराउन आफू प्रतिवद्ध रहेको भन्दै आयोगले यसअघि गडबड देखिएका क्षेत्रमा हवाई गस्ती गरिने पनि बताएको छ ।
यस्तै आयोगले मौनअवधि सुरुहुनुअघि नै ठाउँ ठाउँमा अनुगमनका लागि घुम्ती टोली पनि घटाउने बताएको छ ।
Post Views: 387
Leave a Reply