सरकार भन्छ : घटाउन पहल हुदैछ
एक बर्ष अघि अधिक उत्पादन भएको भन्दै नेपाल ह्यारचरी संघले एक करोड बढि चल्ला र अण्डा नष्ट गरेको थियो । दुई वर्ष अघि देश आत्मनिर्भर भएको भन्दै संघको दवावमा सरकारले अण्डा, मासु, चल्ला र दानामा आयातमा प्रतिबन्ध लगाएको थियो । तर अहिले कोभिडका कारण विदेशबाट प्यारेन्ट अर्थात माउ ल्याउन नसकेकाले चल्ला आपूर्तिमा समस्या भएको ह्याचरी संघको भनाई छ । यति बेला हरेक हप्ता ४० लाख चल्लाको माग भएपनि संघले ३० लाख भन्दा बढि आपूर्ति गर्न सकेको छैन् ।
यता कुखुरा पालक किसान भने ह्याचरी संघले भारतबाट गैर कानूनी रुपमा अण्डा आयात गरी उत्पादन गरेकाले बर्ड फ्लुका कारण धामाधम चल्ला मरिरहेको दावी गर्छन् ।
तर ह्याचरी संघले भने बर्ड फ्लु नभै रानीखेत नामक रोगले चल्ला मरेको बमरेको बताएको छ । रानी खेत लागेर खोर रित्तिदैन यो भारत बाट आयात गरेका अण्डाबाट उत्पादन भएका चल्लामा बर्ड फ्लु भएकाले नै हो कृषक बिष्णु खड्काले बताए ।
त्यसै गरी वजारमा दानाको मूल्य पनि वढेको छ । संघले आत्मनिर्भर भएको भन्दै दाना आयात गर्न रोके पनि अहिले भारतवाट आयातित दानालाई नेपाली उत्पादन भनेर विक्रि गर्ने गरेको कृषको अरोप छ ।
दुई बर्ष अघि नेपाल आत्मनिर्भर भएको भन्दै चल्ला आयात गर्न रोक लगाउदा प्रति चल्लाको मुल्य ६० रुपैयाँ थियो । अहिले यो बढेर ११० पुगेको छ । मूल्य आकाशिए पछि कृषकले नियमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई ज्ञापन पत्र समेत बुझाए । तैपनी सुनुवाई हुन सकेन ।
चल्ला, दाना र माग अनुसारको कुखुरा उत्पादन हुन नसकेपछि अहिले बजारमा मासुको मूल्य ह्वात्तै वढेको छ । एक महिना अघि सम्म ३ सय पर्ने जिउँदो कुखुराको मूल्य अहिले ३८० रुपैयाँ पुगेको छ । भने मासुको ४ सय नाघेको छ । मासुको भाउ आत्याधिक बढेको भन्दै विभागले चल्ला उत्पादक र दाना उत्पादकसँग यसै हप्ता छलफल गर्ने बताएको छ । विभागका नवनियुक्त महानिर्देशक प्रकाश पौडेलले मासुमा देखिएको समस्या समाधान गर्न विभागको टोली चितवन पुग्ने बताएका छन् । ह्याचरी संघ, दाना उत्पादन, कृषक र सारोकारवालासँग छलफल गरी एक साता भित्र समस्याको समधान निकाल्ने महानिर्देशक पौडलले बताए ।
Leave a Reply