नेपाल सरकार र विश्व बैंकबीच समृद्धिका लागि वन आयोजनाका लागि २ अर्ब ८० करोड रुपैँया बराबरको ऋण र अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारको तर्फबाट मन्त्रालयका सचिव शिशीर कुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताको कुल रकम मध्ये ७१ करोड रुपैँया अनुदान र २ अर्ब १० करोड रुपैँया सहुलियतपूर्ण ऋण हो । आयोजनाले दिगो वन व्यवस्थापनलाई बढवा दिने बताइएको छ । अयोजनाले नेपालको वनमा आधारित क्षेत्रलाई रोजगारीमा लगानी गर्न र काठको आयातमा निर्भरता कम गर्न सहयोग पुर्याउने अर्थ मन्त्रालको विश्वास छ । विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले आयोजनाले ५० गाउँपालिका र नगरपालिकाहरुलाई सहयोग पुर्याउने बताए ।
Leave a Reply