सबैजसो पसलमा क्यूआरबाटै भुक्तानी गर्न सकिने
बिकास रौनियार, धादिङ । पृथ्वी राजमार्गस्थित मलेखु बजारलाई डिजिटल बजार बनाइएको छ । क्यूआर भुक्तानी प्रणाली लागु गरिएसंगै मलेखु बजार पनि डिजिटल भुक्तानी प्रणालीमा जोडिएको हो । कुमारी बैंक र फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सहकार्यमा यो प्रणाली अघि बढाइएको हो । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआरमार्फत भुक्तानी गर्दै डिजिटल मलेखु बजारको उद्घाटन गरे । साथै मलेखुका व्यवसायीलाई क्यूआर कोडसमेत हस्तान्तरण गरे । यससंगै मलेखुका हरेक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिनेछ । मलेखु र आसपासका क्षेत्रमा खाना खान र किनमेल गर्नका लागि नगद बोक्नुपर्ने बाध्यता हटेको छ ।
बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले सुरक्षित कारोबारका लागि क्यूआर प्रविधि अत्यन्त उपयोगी रहेकाले बेनीघाट नगरपालिकाका व्यवसायीलाई प्रविधिको प्रयोग गर्न आग्रह गरे । त्यस्तै, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआर प्रविधिको प्रयोगले व्यवसायी तथा बैंकको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकाललले मलेखु बजार राजधानी छिर्ने नाकाको मुख्य बजार भएको हुनाले यस बजारलाई डिजिटल बजारका रुपमा विकास गरेर उदाहरणीय बनाउन आवश्यक रहेको बताए ।
Leave a Reply