जोखिम वर्ग लाभग्राहीमा सूचीकृत १ सय ७ मध्ये ७१ घरमात्रै पुनर्निर्माण

 ग्लोबल टिभि      शनिबार, चैत्र ७, २०७७      0

डम्बर चौलागाई, दोलखा । दोलखामा जोखिम वर्ग लाभग्राहीमा सूचीकृत भएकामध्ये हालसम्म ७१ घर पुनर्निर्माण सम्पन्न भएको छ । एकल, विपन्न, बृद्ध, अपाङ्गता भएका व्यक्ति, आर्थिकस्तर कमजोर, दीर्घरोगी, पहिरोपीडित लगायतका सामाजिक रुपमा पछि परेका ७१ घरपरिवारको घर पुनर्निर्माण भएको हो । जिल्लामा १ सय ७ घरपरिवार जोखिम वर्ग लाभग्राहीमा सूचीकृत भएका थिए । सूचीकृतमध्ये ७१ घरपरिवारको एक तले सुरक्षित घर निर्माण भएको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) दोलखाका सूचना अधिकारी अनन्त पौडयालले जानकारी दिए ।

जिल्लाको ७४ वटै वडामा साामाजिक परिचालकले जोखिम वर्ग पहिचान गरी, घुम्ती डकर्मीको श्रमदानबाट घर बनाइएको हो । घर निर्माणमा लाग्ने ज्याला सरकारले व्यहोरेको छ । तर, कच्चापदार्थ भने घर धनीे स्वयमले नै व्यवस्था गर्नुपर्ने प्रावधान छ ।
सूचना अधिकारी पौड्यालका अनुसार जोखिम वर्ग लाभग्राहीमा सूचीकृतमध्ये भीमेश्वर नगरपालिकामा ४, जिरी नगरपालिकामा ११, शैलुङ गाउँपालिकामा ११, गौरीशंकर गाउँपालिकामा ८, विगु गाउँपालिकामा ४, मेलुङ गाउँपालिकामा ४, तामाकोशी गाउँपालिकामा १० वटा, बैतेश्वर गाउँपालिकामा १० वटा, कालिन्चोक ८ वटा घर निर्माण सम्पन्न भएको हो । जिल्लामा २०७६ माघबाट जोखिम वर्ग पहिचान तथा लाभग्राही सूचीमा समावेश गरी डकर्मी परिचालन र घर पुनर्निर्माण थालनी गरिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *