सुनको मुल्य तोलामा पाँच सयले बढ्यो

 ग्लोवल टि.भी.      आइतवार, चैत्र ८, २०७७      0

स्थानीय बजारमा उचारचढावपूर्ण रहेको सुन तथा चाँदीको भाउ आइतबार बढेको छ । शुक्रबार प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ५ सय रुपैयाँले बढेर ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७४६ डलर तथा चाँदीको मुल्य २६.३३ डलर कायम भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *