साताको पहिलो दिन सेयर बजार परिसूचकमा चमक आएको छ । आज नेप्से ६३.३८ अंकले बढेर २५३८.४६ विन्दुमा कायम भएको हो । ‘क’ वर्गका कंपनीको सेयर कारोबार मापक सेन्सेटिभ इन्डेक्स्मा पनि सुधार आएको छ ।
आज सेयर बजारमा २०६ कंपनीका सेयर कारोबार भएका छन् । कुल १ करोड २४ लाख ३० हजार २ कित्ता सेयर ८० हजार ९ सय ८६ कारोबारबाट ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार रुपैयाँमा किनबेच भएको छ ।
सेयर बजारमा सूचीकृत समूहगत परिसूचकमध्ये सबै समूहका परिसूचक सकारात्मक रहेका छन् । सबैभन्दा धेरै जिवन बीमा समूहको परिसूचक ७४२.७६ अंकले बढेको छ । मिथिला लघुवित्त वित्तीय संस्था, सूर्योदय लघुवित्त वित्तीय संस्था तथा स्वरोजगार लघुवित्त विकास बैंकका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्न्दा बढी गुमाउनेमा ग्रिनलाइफ हाइड्रो पावर लिमिटेड, खानीखोला हाइड्रोपावर कंपनी लिमिटेड तथा जोशी हाइड्रोपावर डेभलपमेन्ट कंपनी लिमिटेडका सेयरधनी रहेका छन् ।
Leave a Reply