सुनचाँदीको भाउमा गिरावट

 ग्लोवल टि.भी.      सोमवार, चैत्र ९, २०७७      0

स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुन तथा चाँदीको भाउ सोमबार घटेको छ । आइतबार प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार प्रतितोला २ सय रुपैयाँले घटेर ८७ हजार रुपैयाँमा कारोबार भएको छ ।
सोमबार चाँदीको भाउ पनि घटेको छ ।

चाँदी प्रतितोला २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७४६ डलर तथा चाँदीको मुल्य २६.३३ डलर कायम भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *