कृषिमा विदेशी लगानी आवश्यक

 ग्लोबल टिभि           0

कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रमा विदेशी लगानी भित्राउनुपर्नेमा जोड दिएकी छन् । आज खाद्यका लागि कृषि अभियानले गरेको छलफल कार्यक्रममा मन्त्री अर्यालले कृषिको विकासका लागि ठूलो लगानी जरुरी भएकोले कृषिमा विदेशी लगानी भित्राउनुपर्ने आवश्यकता रहेको बताइन् । यद्यपी, विदेशी लगानी भित्रयाउँदा स्वदेशी किसान विस्थापित हुन नहुनेमा भने उनले जोड दिइन् । उनले भनिन्,‘ हाम्रा साना व्यवसायी किसानहरुलाई मार्नेगरी होइन । उहाँहरुको संरक्षण गर्नेगरी, उहाँहरुको अझै थप विकास गर्नेगरी, कृषि क्षेत्रको हाम्रो सम्भावना छ भनेर भनिरहेका बेला, आज कृषि क्षेत्रमा ठुलो लगानीको जरुरी पनि छ ।’

कोरोनाका कारण विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका युवाहरुलाई कृषिमार्फत रोजगारी सिजर्ना गर्न सकिने उनको भनाइ छ । उनले तत्कालै रासायनिक मल विस्थापित गर्न नसकिने भएकाले प्रारंगिक मलको उत्पादन गर्न अभियान चलाउनुपर्ने बताइन् । समयसापेक्ष कृषि नीति परिमार्जन गर्ने चरणमा मन्त्रालय रहेको मन्त्री अर्यालले जानकारी दिइन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *