ग्लोबल टिभि
0
साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्सेमा २४ अंकको गिरावट आएको छ । पछिल्लो एक महिना देखि निरन्तर ओरालो लागेको बजार मंगलबार देखि भने उकालो लागेको थियो । आईतबार ६३ अंकले बढेको बजारमा सोमबार पुनः गिरावट आएको हो ।
आज नेप्से २४.०८ अंकले घटेर २५१२ विन्दुमा कायम भएको छ । आज सेयर बजारमा २११ कम्पनीका सेयर कारोबार भएका छन् । कुल १ करोड ९ लाख ३१ हजार कित्ता शेयर ३७ हजार ४ सय ५६ कारोबारबाट ५ अर्ब ३५ करोड १३ लाख ५३ हजार रुपैयाँमा किनबेच भएको छ ।
कारोबार भएका समूहगत परिसूचकमा होटेल तथा जलविद्युत बाहेक अन्य सबै उपसमूहको सूचक घटेका छन् । माथिल्लो तामाकोशी र चन्दागिरी हिल्सको कारोबारमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।
Post Views: 1,347
Leave a Reply