अरुण तेस्रोबाट उत्पादित विद्युत प्रतिस्पर्धामार्फत बेचिने

 ग्लोबल टिभि           0

भारत सरकारको स्वामित्वमा रहेको सतलज लजविद्युत कम्पनीले निमार्ण गरिरहेको अरुण तेस्रोबाट उत्पादन भएको ७०२.९ मेगावट विद्युत प्रतिस्पर्धाबाट बिक्री गर्ने भएको छ । आयोजनाले एक सूचना जारी गरी उत्पादित विद्युत प्रतिस्पर्धाको अधारमा बिक्री गर्ने जनाएको छ । विद्युत खरिदमा नेपाल, भारत र बंगलादेशका कम्पनीहरुको प्रतिस्पर्धा हुने आयोजनाले जनाएको छ । प्रतिस्पर्धाबाट छनौट हुने प्रस्तावकर्ताले सतलजसँग २५ वर्षका लागि विद्युत खरिद सम्झौता (पीपीए) गर्न सक्नेछन् ।

उत्कृष्ट मू्ल्य दिने प्रस्तावकर्तालाई बिजुली बिक्री गर्ने आयोजनाको भनाइ छ ।
सतजलसँग समझौता गरेको कम्पनीले सम्बन्धित देशको सरकारसँग पनि बिजुली खरिद–बिक्रीको सम्झौता गर्नुपर्ने सर्त आयोजनाले अघि सारेको छ ।
भारत र बंगलादेशका कम्पनीहरुबीच प्रतिस्पर्धा हुनसक्ने सतलजको अनुमान छ ।
निमार्णाधीन अरुण तेस्रो आयोजनाको अहिलेसम्म ३५ प्रतिशत बढी निर्माण कार्य सम्पन्न भएको छ ।

९ सय मेगावाट क्षमताको यो परियोजनाले सन् २०२३ को फेब्रुअरीमा सम्पन्न हुने लक्ष्य छ । यो परियोजना भारत सरकारको स्वामित्वमा रहेको सतलज जलविद्युत निगम (एसजेभिएन) अन्तरगतको सहायक कम्पनीले निमार्ण गरिरहेको छ । यो परियोजनाका लागि भारत सरकारले बजेटबाट नै रकम छुट्याएर खर्च गर्दै आएको छ ।

यो परियोजनामा करिब साढे १४ अर्ब रुपैयाँ नेपालका बैंकले लगानी गरेका छन् ।
एभरेष्ट बैंकले ८ अर्ब १२ करोड ६१ लाख र नबिल बैंकले ४ अर्ब ८७ करोड ५८ लाख रुपैयाँ ऋण लगानी गरेका हुन् । त्यस्तै, ६३ अर्ब भारतीय रुपैयाँ भारतीय बैंकबाट जुटाइएको छ ।

नेपाल र भारतका प्रधानमन्त्रीले २०७५ बैशाख २९ गते भारतको नयाँदिल्लीमा संयुक्त रुपमा स्वीच थिचेर अरुण तेस्रो परियोजनाको आरम्भ गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *