पर्यटन क्षेत्रलाई पुनर्जिवन दिन श्रमिकको माग

 ग्लोबल टिभि      मङ्लबार, चैत्र १०, २०७७      0

पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग गर्दै पर्यटनसंग सम्बन्धित मजदुरले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल समक्ष माग गरेका छन् । नेपाल ट्रेकिङ्ग, ट्राभल्स, -याफ्टिङ्ग, एयरलाइन्स, संस्कृती पुरातात्विक, कार्गो कुरियर श्रमिक युनियन (यूनिट्राभ)को एक प्रतिनिधिमण्डलले पर्यटनमन्त्री ढकाललाई भेटेर १७ बुँदे मागपत्र बुझाएका हुन् ।

मागपत्रमा कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्रको उत्थान, समाजिक सुरक्षा कोषमा सबै श्रमिकको सूचीकरण, पर्यटन श्रमिकको ज्याला तथा पारिश्रमिकमा वृद्धि, नेचर गाइडको समस्या समाधान लगायतका माग अघि सारिएका छन् ।

त्यस्तै, उनीहरुले माउन्टेन गाइडको तलब र बीमा निर्धारण, होलिकप्टर रेस्क्यूमा हुने विभेदको अन्त्य, विमानस्थलका श्रमिक आपूर्तिकर्ता कम्पनीबाट लिने व्यवस्थाको अन्त्य लगायका माग पूरा गर्न आग्रह गरेका छन् । जवाफमा मन्त्री ढकालले मागबारे आफू सकारात्मक रहेको र अध्ययन गरेर समस्या समाधानमा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *