भोलीदेखि पठाओलाई कडाई गरिने

 ग्लोबल टिभि      मङ्लबार, चैत्र १०, २०७७      0

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि पठाओ सेवा सञ्चालनमा कडाई गर्ने भएको छ । कतिपय पठाओले आफुखुशी भाडा लिएर यात्रु ठगेको भन्ने गुनासो बढेकोले पठाओ सञ्चालनमा कडाई गर्न लागिएको ट्राफिक महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

काठमाडौ उपत्यकामा पठाओको ७० हजार भन्दा बढी राईडर छन् भने ७ लाख भन्दा बढी प्रयोगकर्ता छन् । पठाओले मोटरसाइकल र ट्याक्सी सेवा दिँदै आएको छ । सोमबार साँझ ट्याक्सी चालक र पठाओका बाइक राइडरबीच नयाँबसपार्कमा विवाद भएको थियो । अहिले पठाओको सेवा अवरुद्ध भएको छ । केही प्राविधिक समस्या देखिएको कारणले सेवा अवरुद्ध भएको पठाओले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *