सानो अर्थतन्त्र भएकोले पुनः लकडाउन गर्न सक्ने अवस्था छैन
भरत रावल । कोभिड नियन्त्रण तथा रोकथाम गर्न भन्दै सरकारले लकडाउन गरेको (चैत्र ११ गते) एक बर्ष पुरा भएको छ । चीनको बुहान हुँदै विश्व भरि फैलिएको कोरोना नियन्त्रण तथा रोकथाम गर्ने प्रमुख अस्त्रको रुपमा विश्वले नै कडाउनलाई अबलम्बन गरेको थियो । सन् २०१९ को अन्तिममा देखिएको यो भाईरसका कारण सन् २०२० को पहिलो ६ महिना विश्वको झण्डै आधा जनसंख्या लकडाउनमा थियो । भाईरसका कारण हालसम्म १२ करोड ४८ लाख संक्रमित छन भने २७ लाख ४६ हजार बढिले ज्यान गुमाई सकेका छन् ।
कोरोना भ्याक्सिन आएसँगै पछिल्लो समय विश्वमा संक्रमितको संख्यामा पनि कमी आएको थियो । तीन महिना देखि निरन्तर ओरालो लागेको संक्रमित संख्या पछिल्लो एक हप्ता देखि भने निरन्तर बढिरहेको छ । जसलाई विज्ञहरुको कोरोनाको दोस्रो लहर भनेका छन् ।
सन् २०२१ सुरु भए यता निरन्तर ओरालो लागेको कोरोना संक्रमितको संख्या उकालो लागे पछि पुनः चिन्ताको विषय बनेको छ । संक्रमितको संख्या बढदै गएपछि विज्ञहरुले भाईरसको स्वरुप परिवर्तन भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । पछिल्लो समय अमेरीका, युरोप तथा भारतका संक्रमितको संख्या निरन्तर बढिरहेको छ । भारतमा मात्रै पछिल्लो २४ घण्टामा ४६ हजार बढी संक्रमित देखिएका छन् जुन तीन महिना यताकै उच्च हो । त्यसको असर नेपालमा पनि पर्न सक्ने भन्दै विज्ञहरुले चिन्ता जनाएका छन् । नेपालमा गत सोमबार ७७ मा सिमित रहेको संक्रमितको संख्या मंगलाबार १५० र बुधबार १८८ पुगेको छ ।
संक्रमितको संख्या बढे सँगै स्वस्थ्य मन्त्रालयले सार्वजनिक कार्यक्रम, अमसभा तथा भोज गर्न रोक लगाएको छ । मन्त्रालयको यो कदमले पुनः लकडाउन हुन सक्ने आमसर्वसाधारणको बुझाई छ । यद्यपी प्रधानमन्त्री केही शर्मा ओलीले तत्काल
लकडाउन नगर्ने बताएका छन् । स्वस्थ्य मन्त्रालयले सार्वजनीक कार्यक्रममा रोक लगाएको छ भने गृह मन्त्रालयले ७७ वटै जिल्लामा आईसोलेसन र क्वारेन्टाई तयारी अवस्थामा राख्न निर्देशन दिई सकेको छ । तर भारत बाट निर्वाध रुपमा आवत जावत भने भईरहेको छ । भारतमा संक्रमण बढे सँगै उताबाट फर्किने नेपालीको संख्या दिन प्रतिदिन बढिरहेको छ । सिमामा राखिएका हेल्थ डेक्स प्रभावकारी नहुँदा अवजावत निर्वाध भईरहेको छ । विज्ञहरुले समयमै त्यस तर्फ ध्यान दिनु पर्ने बताएका छन् ।
दोस्रो लहरको त्रासमा व्यवसायी
विगतमा लकडाउनको अर्थ छैन् भन्दै विरोधमा ओलिएका व्यवशायीलाई कोरोनाको दोस्रो लहरले चिन्तित बनाएको छ । विगतमा लकडाउन हुँदा नेपलको अर्थतन्त्र झण्डै २ प्रतिशतले ऋणात्मक भएको छ । झण्डै ६ महिना सम्पूर्ण उद्योग धन्दा कलकारखान पुर्ण रुपमा ठप्प हुँदा ४० लाख युवा बेरोजगार भए । साउन पछि सरकारले लकडाउनलाई विस्तारै खुकुलो बनाउदै लगेपनि अर्थतन्त्र अझै पूर्णरुपमा लयमा आउन सकेको छैन् ।
६ महिना सम्म ठप्प भएको अर्थतन्त्र विस्तारै चलायमान हुँदै एक बर्ष भित्र झण्डै–झण्डै पुरानै अवस्थमा फर्केको छ । यद्यपी कोरोना कालमा बन्द भएका सबै उद्योगहरु पूर्ण क्षमतामा चल्न सकेका छैनन् भने नयाँ क्षेत्रमा लगानी हुन सकेको छैन् । खोप कार्यक्रम प्रभावकारी र कोरोनाको दोस्रो लहरलाई रोक्न सके चालु आर्थिक बर्षमै अर्थतन्त्र पुर्ण लयमा फर्किन सक्ने नेपाल नेम्बर अर्फ कमर्श बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको बुझाई छ । देशको अर्थतन्त्र सानो भएको पुनः लकडाउन गर्ने सकिने अवस्था नरहेको उनले बताए ।
संक्रमितको संख्या वढ्दै गएकोमा व्यवसायीमा चिन्तित भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको भनाई छ ।
संक्रमितको संख्या घटदै गएपछि रोजगारीका अवसर श्रृजना हुदै गएको थियो भने बैंकमा थुप्रिएको पैसा लगानी भईरहेको थियो । यसै गतिमा अघि बढने हो भने तीन महिना भित्र पुरानै अवस्थामा फर्किन सक्ने अर्थविद्हरुको बुझाई छ । तर अर्थतन्त्र पुरानै अवस्थामा नफर्किदै पुनः कोरोनाको दोस्रो लहरको त्रास फैलिएको छ ।
दशै तिहार जस्ता ठूला चाडपर्वले आर्थिक बर्षको पहिलो ४ महिना ४० प्रतिशतले अर्थतन्त्र चलायमान हुने गरेपनि यस बर्ष भने यसमा संकुचन आई २५ प्रतिशत हाराहारी मात्रै सिमित रहन पुग्यो ।
Leave a Reply