सेयर बजारमा उछाल, नेप्से र कारोबार रकम दुबै बढ्यो

 ग्लोबल टिभि      बुधबार, चैत्र ११, २०७७      0

बुधबार सेयर बजारमा उछाल आएको छ । सेयर बजार परिसूचक नेप्से ४१.३० अंकले बढेर २५७०.२५ विन्दुमा कायम भएको छ । बुधबार सेयर बजारमा २०८ कंपनीका सेयर कारोबार भएका छन् । कुल १ करोड ६९ लाख ३४ हजार ८ सय ९३ कित्ता सेयर ७२ हजार ९ सय ५७ कारोबारबाट ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार रुपैयाँमा किनबेच भएको छ । सेयर बजारमा सूचीकृत समूहगत परिसूचक अन्तरगत जलविद्युत समूहको परिसूचक नकारात्मक रहेको छ । बाँकी सबै समूहका परिसूचक सकारात्मक छन् ।

सबैभन्दा धेरै व्यापार समूहको परिसूचक ३८१.११ विन्दुले बढेको छ । साल्ट ट्रेडिङ कर्पोरेशन, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्मेन्ट एण्ड डेभलपमेन्ट कंपनी तथा चन्द्रागिरी हिल्स्का सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने रैराङ हाइड्रोपावर डेभलपमेन्ट कंपनी, साञ्जेन जलविद्युत कंपनी तथा माथिल्लो तामाकोशीका सेयरधनी रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *