नेप्से र कारोबार दुबैमा गिरावट

 ग्लोबल टिभि           0

विहीबार सेयर बजार परिसूचक नेप्से र कारोबार रकम दुबैमा गिरावट आएको छ । नेप्से २१.२९ अंकले घटेर २५४८.९६ विन्दुमा कायम भएको छ । ‘क’ वर्गका कंपनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स्मा पनि गिरावट आएको छ । विहीबार सेयर बजारमा २०८ कंपनीका सेयर कारोबार भएका छन् । कुल १ करोड २५ लाख ४८ हजार १ सय ४६ कित्ता सेयर ७४ हजार ६ सय ५८ कारोबारबाट ६ अर्ब ५० करोड ८ लाख ६ हजार रुपैयाँमा किनबेच भएको छ ।

सेयर बजारमा सूचीकृत समूहगत परिसूचक मध्ये व्यापार, होटेल तथा पर्यटन र लगानी समूहका परिसूचक सकारात्मक रहेका छन् । वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, वित्त, जिवन तथा निर्जीवन बीमा, उत्पादनशील, लघुवित्त, अन्य तथा म्युचल फण्ड समूहको परिसूचकमा गिरावट आएको छ ।

चन्द्रागिरी हिल्स्, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था तथा ओमी माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने नेपाल बंगलादेश बैंक, एनआइविएल प्रगती फण्ड तथा हिमालय उर्जा विकास कंपनीका सेयरधनी रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *