ग्लोबल टिभि
शनिबार, चैत्र १४, २०७७
0
बाक्लो तुवाँलोका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आज पनि पूर्ण रुपमा संचालनमा आउन सकेको छैन् । शुक्रबार दिउँसो दुई घण्टा आन्तरिक तथा बाह्य उडान बन्द भएको थियो । आज बिहान खुला आँखाले देख्न सकिने दुरी भिजिविलिटी एक हजार मिटर भन्दा कम भएपछि आन्तरिक तर्फका सबै उडान तथा अवतरण बन्द गरिएको छ ।
अन्तराष्ट्रिय उडान पनि प्रभावित बनेको छ । बिहान मलेसियाको क्वालालाम्पुरबाट आएको नेपाल एयरलाईनस र हिमालयन्स एयरलाईन्सको जहाजलाई पटना डाईभर्ट गरिएको थियो । पछि विजिविटीमा सुधार आएपछि उक्त डाईभर्ट भएका विमानहरु अवतरण गरेपनि अन्य विमान उडान–अवतरण हुन सकेका छैनन् । मुलुकका विभिन्न स्थानमा लागेको डढेलोको कारण काठमाडौंको वायु प्रदुषित भएको छ । वर्षा नहुँदासम्म प्रदुषण कम नहुने वातावरणविद्को भनाइ छ ।
Post Views: 1,494
Leave a Reply