वैदेशिक रोजगारीमा रहेकालाई शुभम् पावरको आइपीओ बिक्री खुला

 ग्लोबल टिभि      बुधबार, पुस ६, २०७९      0

पुस ६ – शुभम् पावर लिमिटेडले आज पुस ६ गते बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई जारी हुने ५ लाख ८० हजार ५८० कित्ता सेयरको १०५ अर्थात ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको हो । यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यो आइपीओमा आवेदन दिने अन्तिम म्याद पुस २० गतेसम्म तोकिएकोे छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एन्ड क्लियरिङ लिमिटेडको मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन् ।

यसमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । शुभम्ले संखुवासभा जिल्ला चैनपुर नगरपालिकास्थित पिलुवा खोलामा ९९० किलोवाट क्षमताको पिलुवा खोला साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाबाट कम्पनीले २०६८ साउन १ गतेदेखि व्यावसायिक विद्युत उत्पादन सुरु गरिसकेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *