ग्लोबल टिभि
सोमवार, चैत्र १६, २०७७
0
स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुनको भाउ सोमबार बढेको छ । चाँदीको भाउमा भने गिरावट आएको छ ।
आइतबार प्रतितोला ८६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार प्रतितोला २ सय रुपैयाँले बढेर ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
सोमबार चाँदीको भाउ भने घटेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७३४ डलर तथा चाँदीको मुल्य २५.१४ डलर कायम भएको छ ।
Post Views: 1,009
Leave a Reply