सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । सोमबार सेयर बजार परिसूचक नेप्से ५.४५ अंकले घटेर २५४३.५२ विन्दुमा कायम भएको हो । ‘क’ वर्गका कंपनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स्मा पनि गिरावट आएको छ ।
सेयर बजारमा आज २०९ कंपनीका सेयर कारोबार भएका छन् । कुल ९१ लाख ३८ हजार ९ सय ३५ कित्ता सेयर ६४ हजार ५ सय १५ कारोबारबाट ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार रुपैयाँमा किनबेच भएको छ । सेयर बजारमा सूचीकृत समूहगत परिसूचकमध्ये जलविद्युत, वित्त तथा लघुवित्त समूहका परिसूचक सकारात्मक छन् । वाणिज्य बैंक, व्यापार, होटेल, विकास बैंक, जिवन तथा निर्जीवन बीमा, लगानी र म्युचल फण्ड समूहका परिसूचक ओरालो लागेका छन् ।
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, अजोड इन्सुरेन्स् तथा महिला लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा बढी कामएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने चन्द्रागिरी हिल्स्, माउण्टेन हाइड्रो नेपाल तथा साल्ट ट्रेडिङ कर्पोरेशनका सेयरधनी रहेका छन् ।
Leave a Reply