मंगलबार सेयर बजारमा सुधार आएको छ । सेयरबजार परिसूचक नेप्से ३२.१५ अंकले बढेर २५७५.६६ विन्दुमा पुगेको छ । मंगलबार सेयर बजारमा २०९ कंपनीका सेयर कारोबार भएका छन् । कुल १ करोड २२ लाख ९ हजार ९ सय २६ कित्ता सेयर ६८ हजार ६ सय ४४ कारोबारबाट ६ अर्ब १८ करोड ५६ लाख ५८ हजार रुपैयाँमा किनबेच भएको छ ।
सेयर बजारमा सूचीकृत समूहगत परिसूचकमध्ये वाणिज्य बैंक, होटेल, विकास बैंक, जलविद्युत, वित्त, जिवन तथा निर्जीवन बीमा, लगानी, लघुवित्त, म्युचल फण्ड तथा अन्य समूहका समूहगत परिसूचक सकारात्मक रहेका छन् । व्यापार तथा उत्पादनशील समूहका परिसूचक भने ओरालो लागेका छन् ।
ओमी माइक्रोफाइनान्स वित्तीय संस्था, सानीमा जेनेरल इन्सुरेन्स तथा जेनेरल इन्सुरेन्स कंपनीका सेयरधनी रहेका छन् । सबैभन्दा बढी गुमाउनेमा भने युनाइटेड इदीमार्दी आर वी हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक तथा एनआइसी एसिया डिवेन्चर २०८०/०८१ का सेयरधनी रहेका छन् ।
Leave a Reply