राष्ट्रिय जनगणना २०७८ का लागि ८० वटा प्रश्नावली

 ग्लोबल टिभि           0

राष्ट्रिय जनगणना २०७८ को लागि आगामी जेठ २५ देखि असाढ ८ गते मुख्य गणना कार्य हुने भएको छ । बुधबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले २०७८ को जनगणनाको मुख्य गणना कार्य २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म सञ्चालन गर्ने जानकारी दिएका हुन् ।

यस अवधिमा सुपरिवेक्षकले प्रत्येक वडाबाट सामुदायिक प्रश्नावलीमा रहेका विवरण सङ्कलन गर्ने उनले जानकारी दिए । जनगणनाको लागि ८० वटा प्रश्नावली तयार पारिएको छ । ३९ हजार गणक तथा ८ हजार सुपरिवेक्षक परिचालन गरिने महानिर्देशक श्रेष्ठको भनाइ छ ।

मुख्य जनगणना अघि वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गरिने पनि बताइएको छ । जनगणनाको लागि ७ वटा प्रदेश र ७७ जिल्लाका ८० स्थानमा जनगणना कार्यालय स्थापना गरिएको पनि उनले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *