तोलामा नौ सय रुपैयाँले बढ्यो सुन

 ग्लोबल टिभि      बिहिबार, चैत्र १९, २०७७      0

बिहीबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ९ सय रुपैयाँले बढेर ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

बिहीबार चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७०९ डलर तथा चाँदीको मुल्य २४.४९ डलर कायम भएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *