हरी जिसी, पाल्पा । ढाका टोपीको लागि प्रख्यात पाल्पामै ढाकाको व्यापार खस्किएको छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण देखिए संगैे त्यसको असर पाल्पाली ढाका व्यापारमा परेको हो ।
कोरोनाकै कारण छिमेकी भारतबाट पाल्पा घुम्न आउने पर्यटकको संख्यामा समेत कमी आउन थालेको छ । जिल्लामा हुने प्रशासनिक काम स्थानीय तहमै हुने र सडकको सहजता सदरमुकाम आउनेको संख्यामा कमी हुनु जस्ता विभिन्न कारणले ढाका र ढाका जन्य वस्तुको व्यापारमा कमी आएको व्यवसायीको भनाइ छ ।
देश तथा विदेशमा पाल्पाली ढाकाको माग बढी हुने गरेकोमा पछिल्लो समय कोरोना महामारीका कारण व्यापार खस्किएको व्यवसायी दुखेसो छ । अर्को तर्फ बजारमा पाइने भारतीय सस्तो ढाकाका कारण पाल्पाली ढाकाको व्यापारमा असर पुगेको ढाका व्यवसायीको भनाइ छ । चाडपर्वको समयमा केही बढेपनि पछिल्लो समय पुन व्यापार घटेको ढाका व्यवसायी तथा सरस्वती ढाका उद्योगका प्रमुख हरी रायमाझीले जानकारी दिए ।
अहिले सदरमुकाम तानसेन वरपर मात्र ढाका उत्पादनमा चार सय पँचास भन्दा बढि व्यवसायी प्रत्यक्ष संलग्न रहेका छन । पहिला तानसेनमा मात्र रहेका पाल्पाली ढाकाका पसलहरु क्रमस अन्य जिल्लामा समेत खुल्न थाले का छन् । यसले गर्दा पनि पाल्पाली ढाकाको व्यवसायमा कमी आएको स्वयम ब्यापारी बताउछन ।
पर्यटकको संख्यामा कमी, बाटो घाटोको समस्या आदी कारणले सदर मुकाम आउने मानछेको कमीका कारण ढाकाको ब्यापार घटेको मदनपोखरा ढाका पसलका कमल भण्डारी बताउछन । युवा पुस्तामा ढाका मोह नहुनु र दैनिक प्रयोगमा कमी भएका कारणले ढाका प्रयोग कमी हुन सक्ने स्थानीय डासुराम पन्तको अनुभव छ ।
उपभोक्ताहरुको चाहाना अनुसार ढाकाको समानमा विविधि करण भएपछि पाल्पा घुम्न आउने आन्तरिक र व्याह्य पर्यटकले ढाकाका सामाग्रीलाई उपहार र मायाको चिनोको रुपमा लैजाने चलन रहेको छ । ढाकाबाट टोपी, पछयौरा, पर्स, टाई, दौरा सुरुवाल, जुत्ता लयाएतका वस्तु उत्पादन हुदै आएका छन ।
तानसेनमा हाल १० वटा ठुला साना ढाका उद्योग रहेका छन । एउटा पाल्पाली ढाका टोपिको मुल्य १ सय रुपैया देखी २५ सय रुपैया सम्म रहेको छ । अहिले सम्म घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा २४ वटा पाल्पाली ढाका कपडा उद्योग दर्ता भएका छन् । अघिल्ला बर्षहरमा १० करोड रुपियाको हाराहारीमा कारोवार हुने गरेको उद्योगीहरुको अनुमान रहेको छ ।
Leave a Reply