दक्ष कामदार र कच्चा पदार्थको अभाव मुख्य कारण
हरि जि.सी, पाल्पा । भौगोलिक र पर्यटकीय दृष्टिले पाल्पा जति महत्वपूर्ण र चर्चित छ त्यसैसंग जोडिएर आउने पाल्पाली करुवा पनि उत्तिकै लोकप्रिय छ । तर, पछिल्लो समय पाल्पाली करुवा लोप हुने अबस्थामा पुगेको छ । कच्चा पदार्थको र दक्ष कामदार अभावमा पाल्पाका करुवा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् ।
स्वदेश तथा विदेशमा पाल्पाली करुवाको माग बढ्दो छ । माग अनुरुपको उत्पादन भने हुन सकेको छैन । शुद्ध कांशबाट बन्ने पाल्पाली करुवालाई चाहिने कच्चा पदार्थ नपाइनु, राङ तथा दक्ष कामदार नहुनु, नयाँ पुस्ताको यस पेशाप्रतिको विकर्षण, सम्बन्धित निकायले संरक्षणमा ध्यान नदिनु जस्ता कारणले पाल्पाको पहिचानसंग जोडिएको करुवाको अस्तित्व संकटमा परेको हो ।
२० बर्ष अघि सम्म तानसेन टक्सारका प्रत्येक जसो घरमा करुवा उद्योग हुन्थ्यो । तर, अहिले जम्मा २ उद्योगले मात्र जेनतेन यस व्यवसाय धानेका छन् । यी उद्योग पनि कति बेला बन्द हुने भन्न सकिने अवस्था छैन । यहाँ उत्पादन हुने करुवाको मुल्य न्युनतम ३ हजार देखि लाख रुपैयाँसम्म पर्छ ।
तर, बजारमा कम मुल्य र गुणस्तरका पोखरेली तथा भारतीय करुवा बिक्री हुन थालेपछि मुल्यमा प्रतिष्पर्धा गर्न गाह्रो छ । मुल्य बढी भए पनि पाल्पाली करुवा खाज्नेको संख्यामा भने कमी आएको र्छैन । पाल्पाली करुवा विषेश गरेर चिनोको रुपमा तथा सजावटका लागि माग हुने गरेको छ । समग्र पाल्पाको पहिचान बोकेको करुवाको अस्थित्व कंकटमा पर्दासमेत सरोकारवाला निकायले संरक्षण र प्रवर्धनमा ध्यान नदिनु दुःखद भएको उद्योगी/व्यवसायीको गुनासो छ ।
Leave a Reply