ग्लोबल टिभि
सोमवार, चैत्र २३, २०७७
0
सोमबार सेयर बजार परिसूचक नेप्सेमा सुधार आएको छ । नेप्से १.१३ अंकले बढेर २६५८.७४ विन्दुमा कायम भएको छ । आज सेयर बजारमा २१२ कंपनीका सेयर कारोबार भएको छ । कुल १ करोड ५८ लाख ५३ हजार ९ सय ९३ कित्ता सेयर ७३ हजार ५ सय ९८ कारोबारबाट ७ अर्ब २९ करोड ६७ लाख ६० हजार रुपैयाँमा किनबेच भएको छ ।
आइतबार ९ अर्ब रुपैयाँ माथिको सेयर कारोबार भएको थियो । सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये व्यापार, होटेल, जलविद्युत, उत्पादनशील, अन्य, लघुवित्त तथा म्युचल फण्ड समूहको परिसूचक सकारात्मक रहेका छन् । वाणिज्य तथा विकास बैंक, वित्त, जिवन तथा निर्जीवन बीमा तथा लगानी समूहका परिसूचक ओरालो लागेका छन् ।
Post Views: 1,739
Leave a Reply