विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

 ग्लोबल टिभि      शुक्रबार, चैत्र २७, २०७७      0

काठमाडौं । नेपालमा पछिल्ला दिनहरुका कोरोना संक्रमित बढिरहेको र छिमेकी देशमा पनि संक्रमण नियन्त्रण बाहिर गएको अवस्थामा नेपालमा पनि आवश्यक सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले गृहकार्य सुरु गरेको छ । मन्त्रालयले कोरोनाको जोखिम बढेको भन्दै विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।
साथै मन्त्रालयले बढी भीडभाड हुने स्थानहरु बन्द गराउन पनि सिफारिस गरेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले विद्यालय मात्रै नभएर बढी भिडभाड हुने स्थलहरु बन्द गराउन मन्त्रालयले सिफारिस गरेको ग्लोबल टेलिभिजनलाई जानकारी दिए ।

मन्त्रालयले यसअघि नै रात्रिकालीन व्यवसायहरु राति नौ बजेपछि बन्द गर्न आग्रह गरिसकेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *