काठमाडौं महानगरपालिकाका विद्यालय तत्काल बन्द नहुने, कोरोना देखिएका विद्यालय मात्रै बन्द हुने

 ग्लोवल टि.भी.      शुक्रबार, बैशाख ३, २०७८      0

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालय तत्काल बन्द नुहने भएका छन् । काठमाडौं महानगरपालिकाको आज बसेको बैठकले तत्काल विद्यालय बन्न गर्ने निर्णय गरेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणको पुष्टि भएमा मात्रै विद्यालय एक हप्ताका लागि बन्द गर्ने र बांकी विद्यालय अविभावक, विद्यालय प्रशासन संग सहमतिमा सञ्चालन गर्ने निर्णय भएको प्रवक्ता डंगोलको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयले बिहीवार कोरोनाको उच्च जोखिममा रहेका काठमाडौं सहित विभिन्न १४ जिल्लाका विद्यालय लगायतका भिडभाडयुक्त क्षेत्रमा नजान अपिल गरेको थियो । मन्त्रालयको अपिलपछि पनि विद्यालय बन्द भएका छैनन् भने विद्यार्थी र अविभावक के गर्ने भन्ने बिषयमा अन्यौलमा रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *