अटेर गरेर अविभावकले विद्यार्थीलाई विद्यालय पठाइरहे परिवार नै “सखाप” हुन सक्छ – प्रवक्ता गौतम

लकडाउन गर्नुपर्ने बाध्यता तर्फ मुलुकलाई लगेको छ

 ग्लोवल टि.भी.      शुक्रबार, बैशाख ३, २०७८      0

संवेग बस्नेत,काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले अविभावकले अटेर गरेर विद्यार्थीलाई विद्यालय पठाइरहे कोरोना महामारीले परिवार नै सखाप हुन सक्ने चेतावनी दिनु भएको छ ।

स्वास्थ्य मन्त्रालयले बिहीवार जारी गरेको अपिलपछि विद्यार्थी विद्यालय पठाउने नपठाउने भन्ने बिषयमा अविभावकमा अन्यौलको अवस्था उत्पन्न भएको भन्दै ग्लोबल टेलिभिजनले राखेको जिज्ञासामा प्रवक्ता गौतमले अझै पनि विद्यार्थीलाई विद्यालय पठाइरहे अवस्था भयावह हुन सक्ने बताउनु भएको हो । “हामीले आग्रह गरिसकेका छौं र सचेत पनि बनाएका छौं, अब अटेर गर्ने संग के लाग्छ ?” प्रवक्ता गौतमले भने “हामीले आग्रह गरेका छौं , अब विद्यालय वन्द नभएपनि अविभावकले आफ्ना छोरा छोरीलाई विद्यालय पठाउनु भएन, यदि अटेर गरेर विद्यालय पठाएमा परिवार पनि कोरोनाबाट सखाप हुन सक्छ । ”
साथै मन्त्रालय पटक पटक आग्रह गर्दापनि अटेर गरिएको भन्दै लकडाउन गर्ने बाध्यात्मक अवस्थाको सिर्जना भएको गौतमको भनाइ छ । विद्यालय सहित भीडभाडयुक्त क्षेत्र बन्द नभए लकडाउन गर्नुपर्ने परिस्थितिको सिर्जना हुन्छ त ? भन्ने ग्लोबल टेलिभिजनको प्रश्नमा प्रवक्ता गौतमले अहिले परिस्थिति त्यसै तर्फ उन्मुख भैरहेको बताउनु भयो । “स्वास्थ्य मन्त्रालयको आग्रहलाई व्यवास्था गर्दै गइएको छ , यसले भुँइको टिप्छु भन्दा हातको पनि फुत्किने अवस्था आएको छ , यस्ले लकडाउन गर्नुपर्ने बाध्यता तर्फ मुलुकलाई लगेको छ ” गौतमको चेतावनी छ ।

बिहीवार मात्रै स्वास्थ्य मन्त्रालयले अपिल गर्दै कोरोना महामारीबाट बच्न काठमाडौं सहित १४ जिल्लालाई अति जोखिमको जिल्ला घोषणा गर्दै तोकिएका जिल्लाहरुका विद्यालय सहित भीडभाड हुने क्षेत्रहरुमा नजान अपिल गरेको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *