सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने प्रहरीको नियन्त्रणमा

 ग्लोवल टि.भी.      सोमवार, बैशाख १३, २०७८      0

सरकारको निर्णय अटेर गरी विद्यालय सञ्चालन गर्ने सप्तरीका निजी विद्यालयका सञ्चालकसहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले सदरमुकाम राजविराजका विद्यालय वैशाख मसान्तसम्मका लागि बन्द गर्न निर्देशन दिएको थियो ।

निर्देशन अवज्ञा गरी विद्यालय सञ्चालन गरेको भन्दै सोमवार बिहान उनीहरूलाई नियन्त्रणमा लिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

सोमवार बिहान प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी, राजविराज नगरपालिकाका प्रमुख सहितको टोलीले विद्यालय सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *