चार हजार ५ सय २४ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

 ग्लोवल टि.भी.      मङ्लबार, बैशाख १४, २०७८      0

पछिल्लो २४ घण्टामा नेपालमा पछिल्लो ४ हजार ५ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४ हजार ५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा ४ हजार ३ सय ६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६० जनामा कोरोना पुष्टि भएको छ ।  थपिएका संक्रमित मध्ये काठमाडौ उपत्यकामा मात्रै १ हजार ९ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा १ हजार ६ सय २, भक्तपुरमा १ सय २४ र ललितपुरमा २ सय ४० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी १९१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

१४ हजार ६७२ जनाको पीसीआर र १ हजार ९ को एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । थपिएको संख्या संगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९ सय २५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका मन्त्रालयले जानकारी दिएको छ ।  हाल सम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या संख्या ३ हजार १ सय ९४ पुगेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *