वीरगञ्जमा विद्यालय खुल्दै

 ग्लोवल टि.भी.      शनिबार, जेष्ठ २२, २०७८      0

वीरगञ्ज महानगरपालिकाका विद्यालय आगामी असार १ गतेदेखि संचालन हुने भएका छन् । कोरोना महामारीमा कम आएको भन्दै अससार १ गतेदेखि क्रमिकरुपमा विद्यालय खोल्ने निर्णय भएको बताइएको छ। महानगरपालिकाले असार १ गतेदेखि विद्यार्थीको उपस्थितिमै कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्न लागेको हो ।बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै क्रमिकरुपमा विद्यालय सञ्चालन गर्न लागिएको महानगरपालिकाको कार्यालयले बताएको छ।शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णका अनुसार नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पत्राचार गर्दै असार १ गतेदेखि विद्यालय सञ्चालन गर्न आह्वान गरिएको हो । तर, विद्यालय सञ्चालनमा ७ वटा शर्तहरु पालना गर्नुपर्ने भएको छ । विद्यालयमा भौतिक उपस्थिति गराई पठनपाठन गर्न विद्यार्थीहरुको अभिभावकहरुबाट लिखित सहमति लिनु पर्ने छ । स्वास्थ्य सुरक्षाका मापदण्डहरु सबै अक्षरस पालन गर्न भनिएको छ । असार १ गतेदेखि ७ गतेसम्म भर्नालगायतका व्यवस्थापकीय काम गरिने भएको छ असार ८ गतेदेखि १५ गतेसम्म भर्ना सप्ताहअन्र्तगत घरदैलो कार्यक्रम सञ्चालन गर्ने, असार १५ गते पश्चात नियमति रुपले पठनपाठन सुरु गरिने भएको हो । नगर प्रमुख विजयकुमार सरावगीले कोरोना संक्रमण घट्दै गएकोले विद्यालय सञ्चालन गर्ने निर्णय भएको बताएका छन् । वीरगञ्ज महानगरमा निजी र संस्थागत गरी २०० हाराहारीमा विद्यालय संचालनमा छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *