शैक्षिक सत्र असार १ गतेदेखि, पढाइ भर्चुअल माध्यमबाटै

 ग्लोबल टिभि           0

काठमाडौँ : सरकारले विद्यालयस्तरीय शैक्षिक सत्र आगामी असार १ गते शुरु गर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूसँग छलफल गरी वैकल्पिक माध्यमबाट शैक्षिक सत्र शुरु गर्न निर्देशन दिएका हुन् ।

शैक्षिक सत्र सञ्चालन र व्यवस्थापन गर्न स्थानीय तहलाई अधिकार रहेकाले वैकल्पिक सिकाइ कार्यविधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सकिने मन्त्रालयका प्रवक्ता दिपक शर्माले बताए ।

विद्यार्थीको परीक्षा मूल्यांकन गर्ने विभिन्न विधि प्रक्रिया अपनाउन स्थानीय सरकार र विद्यालयले निर्णय गर्न सक्ने बताइएको छ । पाठ्यपुस्तक अघिल्लो वर्षको जस्तै विद्यार्थीको घरघरमा उपलब्ध गराउने व्यवस्था मिलाउने मन्त्रालायले जनाएको छ ।।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *