स्ववियु चुनाव हुने क्याम्पसमा तालाबन्दी

 ग्लोबल टिभि           0

फागुन २६ – नवलपुरमा आगामी चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नहुने सम्भावना बढेको छ ।

विभिन्न माग राख्दै विद्यार्थी सङ्गठनले क्याम्पसहरुमा तालाबन्दी गरेपछि निर्धारित मितिमा चुनाव नुहने सम्भावना बढेको हो । विद्यार्थी सङ्गठनहरुले १० वटा क्याम्पसमा स्ववियु चुनाव गराउनु पर्ने माग गरेपनि ९ वटा क्याम्पसले मात्र चुनावी तालिका सार्वजनिक गरेका छन् । ती क्याम्पसहरुमा चैत ५ गते चुनाव हुने कार्यतालिका छ । तर १० वटै क्याम्पसमा तालावन्दी भएको अनेरास्ववियुका जिल्ला अध्यक्ष सौगात भुसालले जानकारी दिए ।

कावासोतीमा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसमा नेविसंघ, अखिल क्रान्तिकारी र नेकपा एक निकटको अनेरास्ववियुले एक हप्तादेखि निर्वाचन कार्यालयमा ताला लगाएकोमा नेविसंघले ताला खोलेको छ भने अनेरास्ववियुले ताला थपेको छ । यो संगै सबै क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको हो ।

क्याम्पस प्रशासनले सङ्गठन दर्ता पश्चात विद्यार्थी संगठनहरलाई आचार सँहिता बनाउने विषयमा नबोलाएको, चुनावको पूर्वसन्ध्यामा निर्वाचन प्रकृयालाई प्रभावित गर्ने हेतुले विद्यार्थी भर्नामा व्यापक अनियमितता गरेको र निर्वाचन नगराउने र गराउन परे पनि आफू अनुकुल बनाउन प्रयासरत रहेको अनेरास्ववियुका अध्यक्ष भुसालले आरोप लगाएका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *