बबरमहलको सडकमा बसेरै शिक्षकहरूको प्रदर्शन

 ग्लोबल टिभि           0

चैत ३० – आन्दोलनरत शिक्षकहरूको आज पनि प्रदर्शन जारी राखेका छन् । गत चैत २० गतेदेखि प्रदर्शन गरिरहेका शिक्षकहरू शनिबार  सडकमै बसेर प्रदर्शन गरिरहेका छन् ।

बबरमहल–बानेश्वर सडक खण्डमा शिक्षकहरूले बसेरै प्रदर्शन गर्दा सवारी आवागमन प्रभावित भएको छ ।

शिक्षक महासंघको नेतृत्वमा आन्दोलन भइरहेको हो । महासंघले आन्दोलन र वार्ता सँगसँगै लगेको छ । बिहीबार र शुक्रबार वार्ता भएको थियो । आज पनि वार्ताको तयारी भइरहेको शिक्षा मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मुख्य मागसहित शिक्षहरू सडक आन्दोलनमा उत्रिएका हुन् । यससँगै माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुस्तिका जाँच पनि प्रभावित भएको छ ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *